काभ्रेमा बस दुर्घटना १७ जनाको मृत्यु ,२२ जना घाइते

रामेछाप अनलाइन रेडियो

काठमाडौ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस बेथानचोक गाउँपालिका –४ चलाल गणेशस्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा १७ जनाको मृत्यु र २२ जना गम्भीर घाइते भएको काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाइतेलाई उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!