काठमाडौ कुलेश्वरमा मोटरसाइकल र माइक्रो ठोक्किँदा एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा हिजो हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं नार्गाजुन-४ बस्ने २२ वर्षीय रवीन लामा र पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते भएका थिए । घाइते दुवैको बयोधा अस्पताल बल्खुमा उपचार भैरहेकोमा रवीनको भने बेलुकी ८ बजे मुत्यु भएको हो।

हिजो साँझ पौने ६ बजे बा २ ख ३२२३ नम्बरको हाइस र बा ९१ प ७४८० नम्बरको मोटरसाइकल ठोकिएको हो। हाइस र चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!