एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा ९ जना घाइते

काठमाडौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा ९ जना घाइते भएका छन् । डोल्पाको जगदुल्ला गाउँपालिका-३ थापागाउँमा झडप हुँदा दुवै पक्षका गरेर ९ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ९ बजे झडप भएको थियो। झडपमा एमालेका ४ जना र माओवादीका ५ जना कार्यकर्ता घाइते भएका छन्। घटना हिजोको भए पनि सोमबार बिहानमात्र जानकारी आएको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेमा वडा नं ३ बस्ने एमाले समर्थक ४२ वर्षीय जालपा बोहोरा, ३८ वर्षीय भद्र बोहोरा, कृष्णजंग बोहोरा, ५० वर्षीया शान्ता बोहोरा र माओवादी समर्थक सोही वडाकै ५९ वर्षीय बिर्ख बोहोरा, १८ वर्षीय लक्ष्मण बोहोरा, ५४ वर्षीय गोरसिंह बोहोरा, २६ वर्षीय पविन्द्र बोहोरा र २१ वर्षीय जगत बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो।

थापाका अनुसार मादकपदार्थ सेवन गरेपछि झडप भएको थियो। झडपमा सिकिस्त भएका ४ जना एमाले कार्यकर्तालाई हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं लगिएको छ।

त्यसैगरि माओवादी समर्थक ५ जना सामान्य घाइते भएका छन्। उनीहरू स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर फर्किएको थापाले बताए। उपचारका लागि काठमाडौं लगिएका ४ जनाको अवस्था खतरामुक्त रहेको छ।

प्रहरीका अनुसार घाइते अधिकांशको टाउकोमा चोट लागेको बिरामी कुरुवा विजय बोहोराले बताएका छन्।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading