काठमाडौ । दाङको तुलसीपुरमा एक पुरुषलाई नक्कली मायाजालमा पारेर ठूलो रकम असुल गर्ने एक गिरोह पक्राउ परेको छ ।
पक्राउ पर्नेमा गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज, तुलसीपुर–१८ ग्वारखोला निबासी ३८ वर्षकी कृष्णा कुमारी बस्नेत, र घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी २६ वर्षका जनक भन्न रुद्र बहादुर केसी रहेका छन् ।
अरोपीलाई मंसिर १६ गते घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको कोविला रिसोर्टमा पिडीतसंग ठूलो रकम मोलमोलाई गरिरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता तथा डिएसपी राजन गौतमले जानकारी दिए ।
Discussion about this post