एमालेको केन्द्रीय सचिवालय बैठक दिउँसो १ बजे बस्दै

रामेछाप अनलाइन रेडियो

काठमाडौं । नेकपा एमालेको आज दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बस्दै छ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार केन्द्रीय कार्यालय च्यासलमा बस्न बैठकमा महासचिवलगायत उपमहासचिव र सचिवहरुको सहभागिता हुनेछ ।

बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुने बताइएको छ । एमालेले समानुपातिकतर्फ सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!