रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका भुजिमा बिजुलीको तार सर्ट भएर आगो लाग्दा एक घर जालेको छ ।
मंगलबार दिउँसो करिब ३:३० बजेको समयमा उमाकुण्ड गाउँपालिका वडा नं ७ का स्थानीय जीवन बसेलको घरमा आगो लागेको सोही वडाका अध्यक्ष रुद्रमणि नेवारले जानकारी दिएका छन् ।
अध्यक्ष नेवारले दिएको जानकारी अनुसार आगलागीबाट ‘घरको गारो बाहेक सबै जलेको र आगो करिब ४ बजे तिर नियन्त्रणमा लिएको बताएका छन् । उनले भने ‘ दुई जना बस्दै आएको घरमा नगद सहित सबै सामान जल्दा करिब १० लाख बराबरको क्षति भएको अध्यक्ष नेवारले बताए । ’
अध्यक्ष नेवारल आज वडामा बोलाएको छु , वडाले केही सहयोग गर्छ । पालिकाले पनि गर्छ । जिल्ला प्रशासन र प्रहरीलाई पनि हामी खबर गर्छौँ ।सकेको सहयोग गर्ने तयारी हुँदै छौ अध्यक्ष नेवारले भने । ’
Discussion about this post