दोलखाबाट प्रदेशसभा र प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमाले पहिलो

रामेछाप । दोलखाबाट प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमाले पहिलो बनेको छ ।

नेकपा एमालेले ३० हजार ९ सय ८६ मत प्राप्त गर्दै पहिलो बनेको हो । नेपाली कांग्रेस २७ हजार ७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र ११ हजार ५ सय ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ५ सय ६६, नेकपा एकिकृत समाजवादीले २ हजार ३ सय १ र राप्रपाले २ हजार ३३ मत पाएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ ८४ हजार ७ सय १७ मतमध्ये ३ हजार ३ सय ७५ मत बदर भएको छ ।

यसैगरी, प्रदेशसभाको समानुपातिकतर्फ पनि नेकपा एमाले पहिलो भएको छ । प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमालेले ३१ हजार ८ सय ४६ मत पाएको छ भने नेपाली कांग्रेसले २२ हजार ३ सय, नेकपा माओवादी केन्द्रले १४ हजार ९ सय ४, नेकपा एकिकृत समाजवादीले ३ हजार ९ सय ९३ र राप्रपाले ३ हजार ४ सय ७३ मत प्राप्त गरेको छ । कुल ८२ हजार ९ सय ९५ मतमध्ये ३ हजार ९ सय ४३ मत बदर भएको छ

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!