नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ २८ लाख मत कटायो , अरु पार्टीको कति ?

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ २८ लाख मत कटाएको छ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत पाएको हो।

त्यस्तै, नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ ।

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत प्राप्त गरेको छ। जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४ र जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत प्राप्त गरेका छन्।

नेकपा एकीकृत समाजवादीले २ लाख ९५६ हजार ९० मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९० मत पाएका छन्।

यस्तै नेपाल मजदुर किसान पार्टीले ७५, हजार ७९ प्राप्त गरेको छ। राष्ट्रिय जनमोर्चाले ४६ हजार ४०४ प्राप्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!