दाेलखा एमालेमा लफडा, अन्तर्घातकाे छिनाेफानाे गर्न बैठक डाकियाे

काठमाडौ । दोलखा एमालेमा विवाद सुरु भएको छ । अन्तर्घातका  कारण चुनाव हारेको भन्दै विवाद सुरु भएको हाे । विवाद बढ्न थालेपछि एमालेको दोलखा जिल्ला कमिटीले बैठकसमेत बोलाइसकेको छ ।

चुनावको अन्तिम नतिजा निस्केलगत्तै जिल्ला कमिटीले २९ मंसिरका लागि चुनावी समीक्षा बैठक बोलाएको हो । दोलखामा एमाले नेता बालकृष्ण शिवाकोटी माअ‍ोवादी केन्द्रका उम्मेदवार गंगा कार्कीसँग ३ सय १८ मतले पराजित भएका छन् ।

शिवाकोटीको पराजयमा एमाले नेताहरूको घरझगडालाई कारक मानिएको छ । एमाले नेताहरू पार्वत गुरुङ र आनन्द पोखरेलबीच लामो समयदेखि विवाद छ । अहिलेको चुनावमा पोखरेल र गुरुङले टिकटको दाबी गरेका थिए ।

टिकटको दाबी गर्दा अन्तिम समयमा पोखरेलले टिकट पाउने निश्चित भएको थियो । तर, गुरुङले अवरोध गरेपछि शिवाकोटीले टिकट पाएका हुन् । त्यसपछि पोखरेलले असहयोग गरेकाे लागेको आरोप छ ।

पोखरेलकै वडामा सबैभन्दा कम एमालेलाई मत आएपछि विवाद झन् बढेको छ । चर्काे अन्तर्घात भएकै कारण चुनावी  नतिजा आएकै दिन बैठकका लागि सूचना जारी गरिएको हो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading