दोलखामा माओवादीका कार्की ११४ मतले अगाडि,पछ्याउँदै एमालेका सिवाकोटी

रामेछाप अनलाइन रेडियो

काठमाडौ । दोलखामा प्रतिनिधिसभाको जारी मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३३ हजार ७०७ मत पाएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार ५९३ मत ल्याएका छन्। पछिल्लो समय शिवाकोटीले मतान्तर घटाउँदै लगेका हुन्। एमालेका शिवाकोटी र माओवादी केन्द्रका कार्कीको मतान्तर ११४ रहेको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३५३५ मत ल्याउँदा राप्रपाका विजय खड्काले १४८४ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेको छ।

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए। कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो। प्रदेशसभा २ मा नेकपा एमालेका भरत केसी र १ मा कांग्रेसका कुन्दनराज काफ्लेले विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!