दोलखा प्रदेशसभा क्षेत्र नं १ मा कुन्दनराज काफ्ले विजयी

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखाको प्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले भारी मतसहित विजयी भएका छन् ।

एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गर्दै काफ्ले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । काफ्लेले २२ हजार ७ सय ९७ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी श्रेष्ठले १४ हजार ७ सय ५५ मात्रै प्राप्त गरेका छन् । काफ्ले ८ हजार २२ बढी मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!