दोलखामा माओवादीका कार्कीको र एमालेका शिवाकोटीको कडा टक्कर,कार्की झिनो मतले अग्रता

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखाकामा प्रतिनिधिसभाको मतगणनाजारी रहेको छ। पछिल्लो परिणाम अनुसार दोलखामा सत्ता गठबन्धनका गङ्गा बहादुर कार्की र एमालेका बालकृष्ण शिवाकोटीबिच कडा प्रतिस्पर्धा भईरहेको छ ।

आईतबार साँझ ६.३० बजेसम्म ५० हजार ७ सय १६ मत गणना गर्दा एमालेका शिवाकोटीलाई २ सय २७ मतले उछिन्दै सत्ता गठबन्धनका कार्कीले अग्रता कायमै राखेका छन् । कार्कीले २१ हजार ८ सय ९३ मत प्राप्त गर्दा शिवाकोटीले २१ हजार ६ सय ६६ मत प्राप्त गरेका छन् ।

आईतबार दिउँसो २ हजार भन्दा धेरै मत अन्तर बनाएका शिवाकोटीलाई कार्कीले पछाडि पार्दै अग्रता लिनुभएको हो । शुरुवाती अग्रता लिनुभएका कार्कीलाई गएरातिबाट शिवाकोटीले पछि पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!