रामेछापमा अटो दुर्घटना ५ जना घाइते,२ को अवस्था गम्भीर

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

पकरवासबाट सिन्धुली तर्फ जाँदै गरेको ज १ ह ५०६९ नं को अटो आफै अनियन्त्रित भएर वडा नं ३ भिरपानीको हुन्दुरखोला भन्ने ठाउँमा अन्दाजी ११ बजेर ४० मिनेटको समयमा दुर्घटना भएको हो

दुर्घटनामा परी अटो चालक सिन्धुली कमलामाई ६ का वर्ष ४३ का कुमार तामाङ,सोहि ठाउँका वर्ष ७० का पदम बहादुर तामाङ,वर्ष ६५ का राम बहादुर तामाङ,वर्ष ३२ का सम्झना तामाङ र वर्ष १२ की सुस्मा तामाङ घाईते भएका छन् ।

घाईतेमध्ये अटो चालक कुमार तामाङ र पदम बहादुर तामाङको अवस्था गम्भिर रहेकोले उहाँहरुलाई थप उपचारका लागी धुलिखेल अस्पताल पठाइएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!