दोलखामा गठबन्धनका साझा उम्मेदवार कार्कीलाई २ हजार बढि मतले पछि पार्दै अघि बढे एमालेका शिवाकोटी

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनसुार प्रतिनिधिसभातर्फका नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ह्वात्तै मतान्तर बढाएका छन् ।

गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगाबहादुर कार्कीलाई पछि पार्दै एमालेका बालकृष्ण शिवाकोटीले २ हजार १५ मतले अग्रता कायमै राखेका छन् ।

मतगणनाको सुरुदेखि पछाडि परेका शिवाकोटीले अहिले अग्रता लिएका हुन्। शिवाकोटीले १८ हजार १ सय ७४ मत पाउँदा कार्कीले १६ हजार १५९ मत ल्याएका छन्।

मंसिर ४ गते भएको मतदानमा बुथ कब्जा भएपछि गत बिहीबार दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान भएको थियो। मतगणना जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!