दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका भरत केसी विजयी

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन् ।

भिमेश्वर नगरपालिकाका निर्वतमान मेयर समेत रहेका केसीले नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई पराजित गर्दै प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । लामालाई १ हजार ८ सय १९ मतको मतान्तरले पराजित गर्दे केसी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

केसीले १९ हजार ४ सय १४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाएका छन् ।

मंसिर ४ गते देशभर एकैसाथ निर्वाचन सम्पन्न भएपनि दोलखाको केही मतदान केन्द्रमा सत्तागठबन्धनले बुथ कब्जा गरे पछि निर्वाचन आयोगले मंसिर १५ गते १० मतदान केन्द्रमा पुन मतदान गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!