दोलखा प्रदेशसभा ख मतगणनामा केसीको जादु काङ्ग्रेसका लामा फेरी उछिट्टिने संकेत

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखामा नेकपा एमालेका उम्मेदवार भरत केसीले अग्रता लिँदा नेपाली काङ्ग्रेसका बर्मा लामा  एक हजार भन्दा बढी मतले पछि परेका छन् ।

मतगणनाको सुरुवाती क्रममा नेपाली काङ्ग्रेसका लामाकै एक हजारको अग्रता थियो । तर आइतबार बिहानसम्ममा एमालेका केसीले एक हजारभन्दा बढी मतका साथ लिड गरेको हो ।

पछिल्लो मत परिणाम अनुसार केसीले १८ हजार १५  मत पाउँदा लामाले १६ हजार ४४१ मत ल्याएका छन्। लामाभन्दा केेसी १ हजार ५ सय ७४ मतले अगाडि भएका छन्।

मंसिर ४ गते भएको मतदानमा बुथ कब्जा भएपछि गत बिहीबार दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान भएको थियो।

उता समानुपातिक मत गणनामा पनि नेकपा एमालेले अग्रता कायम गरेको छ । प्रत्यक्षमा दोस्रो दल बनेको नेकपा एमाले समानुपातिकमा पहिलो हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!