दाेलखा प्रदेश ख मा एमालेका भरत केसी १ हजार ५८७ मतले अगाडि , पछ्याउँदै काङ्ग्रेसका लामा

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखामा अहिले प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनसुार प्रदेशसभातर्फ ३६ हजार ३ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार भरत केसीको अग्रता कायमै रहेको छ ।

पछिल्लो ताजा मत परिणम अनुसार नेकपा एमालेका उम्मेदवार भरत केसीले १७ हजार ७ सय ९६ मत प्राप्त गरेका छन् भने उनका  निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार बर्मा लामाले १६ हजार २०९ मत सहित केसीलाई पछ्याइरहेका छन् ।

केसी भन्दा १ हजार ५८७ मतले लामा पछाडि रहेका छन् । मतगणना सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पमा जारी रहेको छ। दोलखाको मतगणना गत बिहीबार रातिबाट सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!