दाेलखामा एमालेका बालकृष्ण शिवाकाेटीको अग्रता कायमै ,पछ्याउँदै माओवादीका कार्की

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखामा अहिले प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनसुार प्रतिनिधिसभातर्फ ३४ हजार ४८१ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको अग्रता कायमै  रहेको छ ।

सूरुवाती चरणदेखी नै पछि परेका सिवाकोटी भिमेश्वर नगरपालिकामा आएपछि आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणनाम अनुसार एमालेका शिवाकोटी १५ हजार २६३ सहित अगाडि छन् भने माओवादीका कार्कीले १४ हजार ९८ मत सहित सिवाकोटीलाई पछ्याइरहेका छन् ।

सिवाकोटी भन्दा कार्की १ हजार १६५ मत पछाडी रहेका छन् । दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मतगणना सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पमा जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!