रामेछाप । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ । दोलखामा पछिल्लो मतपरिणाम अनसुार गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगाबहादुर कार्कीलाई पछि पार्दै एमालेका बालकृष्ण शिवाकाेटीले अग्रता लिएका छन् ।
जिल्लामा आधा भन्दा बढी मतगणना भइसक्दा गठबन्धन र एमालेका उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा भइरहेकोे छ । मतगणनाकाे सुरुदेखि पछाडि परेका शिवाकाेटीले मतान्तर घटाउँदै लैजाने क्रममा भिमेश्वर नगरपालिका आए पछि आफ्नो अग्रतालाई कायम गरेको हो।
शिवाकाेटीले १४ हजार ६८ मत पाउँदा कार्कीले १३ हजार ७२४ मत ल्याएका छन् । कार्की भन्दा शिवाकाेटी ३ सय ४४ मतले अघि रहेको छन् ।
यो पनि पढ्नुहोस् :दोलखा मतगणना अपडेट: एमालेका सिवाकोटीले ह्वात्तै घटाए मतान्तर
Post Views: 14
Discussion about this post