रामेछाप । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ । प्रतिनिधिसभा तर्फ मतगणना जारी रहँदा सुरुदेखि नै फराकिलो मतान्तरले पछि परेका एमालेका बालकृष्ण सिवाकोटीले ह्वात्तै मतान्तर घटाएका छन् ।
जिल्लामा आधा भन्दा बढी मतगणना भइसक्दा गठबन्धन र एमालेका उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा भइरहेकोे छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गठबन्धन दल र एमालेका उम्मेदवार बीचको मतान्तर निकै कम भएको छ।
शनिबार राती १० बजेसम्मको परिणामअनुसार प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका गंगा कार्कीले १३ हजार ४ सय ५ मत पाउँदा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १३ हजार ५२ मत ल्याएर गंगा कार्कीलाई पछ्याइरहेका छन् ।
कार्की भन्दा सिवाकोटी ३५३ मतले पछाडि रहेका छन् । मतगणना सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पमा जारी रहेको छ। प्रदेशतर्फ क्षेत्र नम्बर १ मा कांग्रेसका कुन्दन काफ्लेले अग्रता बनाउँदा क्षेत्र नम्बर २ तर्फ एमालेका भरत केसीले अग्रता लिएका छन्
Discussion about this post