दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी कस्को मत कति ? (विवरणसहित )

रामेछाप । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ । जारी मतगणनामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

जसअनुसार वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गंगा कार्की (विश्व)को अग्रता कायमै छ । कार्कीले १० हजार ७ सय ३७ मत प्राप्त गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ९ हजार ४ सय ७७ मतसहित पछयाइरहेका छन् । कार्की र शिवाकोटीबिचको मतान्तर १ हजार २ सय ६० रहेको छ ।

यसैगरी दोलखाको प्रदेश सभा क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ९ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् भन्ने एमालेका नरबहादुर श्रेष्ठले ७ हजार ९ सय १ मत ल्याएका छन्। काफ्ले र श्रेष्ठ बिचको मतान्तर १ हजार ४ सय ६७ रहेको छ ।

प्रदेश सभा क्षेत्र नं २ मा कांग्रेसका बर्मा लामाले १० हजार ४ सय ७२ मत प्राप्त गर्दा एमालेका भरत केसीले ९ हजार ८ सय ३ मत ल्याएका छन् । लामा र केसी बिचको मतान्तर ६ सय ६९ रहेको छ । दोलखामा प्रत्यक्षतर्फ ६५ हजार मतगणना सम्पन्न भएको छ । दोलखामा कुल ८५ हजार ९ सय ७८ मत खसेको थियो।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका छन्। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेकामा १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!