मतगणना अपडेट : दोलखामा समानुपातिकतर्फ संङ्घ र प्रदेशमा एमाले अगाडि

रामेछाप । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ ।  दोलखामा पछिल्लो मतपरिणाम अनसुार समानुपातिक दुबैतर्फ नेकपा एमालेको अग्रता कायमै रहेको छ।

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको जम्मा १२ हजार २ सय ८८ मत गणना गर्दा एमालेले ४ हजार ८ सय ८० मत प्राप्त गरेर अग्रता लिएको हो ।

त्यसैगरी नेपाली काङ्ग्रेसले ३ हजार ५ सय ८, नेकपा माओवादी केन्द्रले १ हजार ६ सय ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सय ४, राप्रपाले ५ सय ९५ र नेकपा एकिकृत समाजवादीले ३ सय ३३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभातर्फ १७ हजार ५ सय २९ मत गणना गर्दा ६ हजार ३ सय ४४ मत प्राप्त गरेर अग्रता लिएको छ ।

त्यसैगरी नेपाली काङ्ग्रेसले ४ हजार ९ सय ८५, नेकपा माओवादी केन्द्रले ४ हजार १०, नेकपा एकिकृत समाजवादीले ५ सय ९४ र राप्रपाले ४ सय १२ र मत प्राप्त गरेका छन् । दोलखामा कुल ८५ हजार नौ सय ७८ मत खसेको थियो।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका छन्। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेकामा १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading