धनुषाको बिरेन्द्र बजारमा जन्ती बोकेको जीप दुर्घना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

रामेछाप अनलाइन रेडियो

काठमाडौ । धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

एसपी रजौरेका अनुसार मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष रहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!