दोलखा प्रदेशसभा क्षेत्र नं २ मा काङ्ग्रेसका लामा र एमालेका केसीको कडा टक्कर कस्को कति मत ?

रामेछाप । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ ।  दोलखामा पछिल्लो मतपरिणाम अनसुार प्रदेश सभातर्फ १८ हजार २०५ मतगणना हुँदा नेपाली काङ्ग्रेसका उम्मेदवार बर्मा लामालको अग्रता कायमै रहेको छ ।

सूरुवाती चरणदेखी नै नेकपा एमालेका उम्मेदवार भरत बहादुर केसीलाई पछि पार्दै अग्रता लिएका लामाले अग्रतासंगै मतान्तर बढाएका छन् ।

पछिल्लो ताजा मत परिणम अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार बर्मा लामाले ८ हजार ३ सय ५ मत प्राप्त गरेका छन् भने उनका  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भरत बहादुर केसीले ८ हजार २ सय ५५ मत मात्रै प्राप्त गरेका छन् ।

लामा भन्दा केसी ५० मत पछाडी रहेका छन् । दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मतगणना सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पमा जारी रहेको छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!