दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, एमालेका सिवाकोटी पछ्याउदै

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनसुार प्रतिनिधिसभातर्फ १७ हजार २७२ मतगणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ ।

सूरुवाती चरणदेखी नै नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पछि पार्दै अग्रता लिएका कार्कीले अग्रतासंगै मतान्तर बढाएका छन् ।

पछिल्लो मतपरिणनाम अनुसार माओवादीका कार्कीले ७ हजार ९९५ मत सहित अगाडी छन् भने एमालेका शिवाकोटी ७ हजार २९५ मतसहित कार्कीलाई पछ्याइरहेका छन् ।

कार्की भन्दा सिवाकोटी ७०० मत पछाडी रहेका छन् । दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मतगणना सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पमा जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!