रामेछाप । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ । प्रदेशसभा १ मा १६ हजार २ सय ८६ मतगणना हुँदा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेशका कुन्दनराज काफ्लेले सुरुवातदेखि अग्रता कायम राखेका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेशका कुन्दनराज काफ्लेले ७ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले ६ हजार ६ सय ६९ मत मात्रै प्राप्त गरेका छन् ।
काफ्ले भन्दा श्रेष्ठ ९९६ मत पछाडी रहेका छन् । दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मतगणना सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पमा जारी रहेको छ।
Discussion about this post