दोलखामा गंगा कार्की ८ सय ५१ बढी मतले अगाडि , पछ्याउँदै बालकृष्ण शिवाकोटी

रामेछाप अनलाइन रेडियो

रामेछाप  । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ । मतगणना सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पमा जारी रहेको छ।

पछिल्लो मतपरिणामअनसुार प्रतिनिधिसभातर्फ १२ हजार १६ मतगणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीको अग्रता कायमै छ । कार्कीले ६ हजार ९७ मत ल्याउँदा एमालेका बालकृष्ण सिवाकोटीले ५ हजार २४६ मत ल्याएका छन् ।

सिवाकोटीले अहिले मतान्तर घटाउँदै लगेका छन् । यसअघि कार्कीले ५ हजार ४३४ मत ल्याउँदा सिवाकोटीले ३ हजार ८८९ मत प्राप्त गरी १ हजार ५४५ मतान्तर रहेको थियो । अहिले कार्की र सिवाकोटीले प्राप्त गरेको मतान्तर ८५१ मात्रै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!