दोलखा प्रदेशसभा क्षेत्र नं २ मा कडा प्रतिस्पर्धा, थोरै मतले मात्र लामा अग्रता, पछ्याउदै केसी

रामेछाप । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ । प्रदेशसभा क्षेत्र नं २ को चुनावी मत परिणाम रोचक बन्न पुगेको छ ।

हालसम्मको ताजा मत परिणम अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार बर्मा लामाले ५ हजार ९ सय ७६ मत प्राप्त गरेका छन् भने उनका  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भरत बहादुर केसीले ५ हजार ९ सय ३२ मत मात्रै प्राप्त गरेका छन् ।

लामा भन्दा केसी ४४ मत पछाडी रहेका छन् । दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मतगणना सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पमा जारी रहेको छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!