दोलखामा कार्की दोब्बर मतले अघि,पछ्याउँदै सिवाकोटी

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ । मतगणना सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पमा जारी रहेको छ।

हालसम्मको ताजा मत परिणम अनुसार पप्रतिनिधिसभा तर्फ ४५ सय १८ मतगणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की (विश्व)ले २ हजार ९ सय १० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १ हजार १ सय ८३ मत मात्रै प्राप्त गरेका छन् ।

कार्की भन्दा शिवाकोटी १ हजार ७ सय २७ मत पछाडी रहेका छन् । दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मंसिर ४ गते दोलखाका विभिन्न स्थानमा मतदान स्थगित भएपछि  हिजो १५ गते निर्वाचन आयोगले पुनः मतदान गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!