काठमाडौ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सुरु भएको छ । बिहीबार राति ९:३० बजे देखि सुरु भएको हो । एक घण्टा अघि सम्पन्न सर्वदलीय बैठकमा अहिले ९ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो ।
सोही अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना गर्नका सम्पूर्ण तयारी पूरा भएको बताएको छ । मतगणना गौरीशकर गाउँपालिकाको वडा नम्बर ३ झ्याकुबाट सुरुवात गरिएको छ ।
गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गंगा कार्की र एमालेबाट बालकृष्ण शिवाकोटी उम्मेदवार छन् ।
यस्तै,प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा गठबन्धनबाट नेपाली कांग्रेसका कुण्दनराज काफ्ले र नेकपा एमालेका नरबहादुर श्रेष्ठ तथा क्षेत्र २ मा गठबन्धनबाट कांग्रेसका बर्मा लामा र एमालेका भरत केसीबीच प्रतिस्पर्धा हुने भएको छ।
Discussion about this post