दोलखामा आज राति ९ बजेदेखि मतगणना सुरु

रामेछाप अनलाइन रेडियो

काठमाडौ । दोलखामा आज राति ९ बजेदेखि मतगणना सुरु हुने भएको छ। बिहीबार १० वटा मतदान केन्द्रमा पुन: निर्वाचन सकिएसँगै केही बेर अगाडि बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो।

राति प्रत्यक्षतर्फको मत गणना गर्ने र भोलिबाट भने समानुपातिकको पनि मतगणना गर्ने निर्णय भएको हो । मतदानमा करिब ५० प्रतिशत मत खसेको छ । जुन मंसिर ४ गतेको भन्दा एक हजार ३२२ ले कमी हो ।

निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका-६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका-३ जफे हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदानसुरू भएको छ ।मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो । मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!