काठमाडौं । प्रतिनिधिसभा समानुपातिक तर्फको मतगणना जारी छ । आज साँझ ६ बजेसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ । हालसम्मको एक करोड एक लाख ७१ हजार २७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६३९ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार २४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार २७५, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४, जनमत पार्टीले ३ लाख ७६ हजार १९९, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९० हजार १९६ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३६ मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश नं १ मा एमालेले ६ लाख २९ हजार ८८५, कांग्रेसले ५ लाख २९ हजार ८९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९० हजार ६०४, माओवादी केन्द्रले एक लाख ७७ हजार २६१ मत प्राप्त गरेको छ ।
मधेसमा कांग्रेसले ३ लाख ८६ हजार २९३, एमालेले ३४३ हजार ७२८, जनमत पार्टीले ३ लाख ७ हजार ३५०, जसपा नेपालले २ लाख ८७ हजार ८४६, माओवादी केन्द्रले १ लाख ७८ हजार ९३६, एकीकृत समाजवादीले १ लाख १२ हजार २६४ र लोसपा नेपालले १ लाख १० हजार ८५२ मत प्राप्त गरेको छ ।
बागमतीमा एमालेले ५ लाख ५४ हजार १००, कांग्रेसले ४ लाख ६३ हजार १३८, माओवादी केन्द्रले २ लाख ६९ हजार २१५ र राप्रपाले २ लाख ६६ हजार ५२४, गण्डकी प्रदेशमा एमालेले ३ लाख ४० हजार ५३३, कांग्रेसले ३ लाख १७ हजार ५९६ र माओवादी केन्द्रले १ लाख १५ हजार ३६६ मत प्राप्त गरेको छ ।
लुम्बिनीमा एमालेले ५ लाख ७० हजार ९२१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादीले १ लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१, कर्णालीमा एमालेले १ लाख ८३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६ र माओवादीले १ लाख ३७ हजार ६२९ तथा सुदूरपश्चिममा एमालेले २ लाख ४८ हजार ८४०, कांग्रेसले २ लाख ४३ हजार २९ र माओवादी केन्द्रले १ लाख १८ हजार ९०३ मत प्राप्त गरेका छन् ।
Discussion about this post