रामेछाप । रामेछापको एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरमा फरार रहेकी रामेछापको सुनापति गाउँपालिका वडा नं. ४ का मेनुका घिमिरेलाई प्रहरीले काठमाण्डौं नयाँबानेश्वर बाट पक्राउ गरेको हो।
घिमिरे नयाँबानेश्वरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घिमिरेलाई उच्च अदालत पाटनले २०७८ कार्तिक २३ गते बैंकिङ कसुरको मुद्धामा २४ दिन कैद र १ करोड ७४ लाख जरिवानाको फैुुसला सुनाए लगतै फरार भएकी थिइन ।
पक्राउ परेकी घिमिरेलाई जिल्ला अदालतको आदेश पछि थप आवश्यक कार्वाहीको लागी जिल्ला कारागार रामेछाप पठाईएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Discussion about this post