काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले मातहतका प्रदेश तथा जिल्ला कमिटीलाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रिय सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको हो ।
उक्त बैठकले समसामयिक विषयमा छलफलका साथै समाजवादलाई अवको राजनीतिक कार्यदिशा बनाउने तथा पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेकोबारेमा जानकारी गराइएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
Discussion about this post