एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास पाउँदैन : उपाध्यक्ष पौडेल

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा सोमवार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन् । उनले बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि पहल गर्ने बताए ।

उनले भने, ‘कुनै दलको प्रतिकूल प्रभाव, अस्थिरताको चक्रब्यूहमा फस्ने, कुनै न कुनै दलको बहुमत आउनुपर्थ्यो, नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास पाउँदैन ।

रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दाबी गरे ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading