सुनको भाउ घट्यो, कति पुग्यो तोलाको ?

रामेछाप अनलाइन रेडियो

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो ।

तोलामा ३०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य ९७ हजार ५०० रूपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रूपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० र तेजाबी सुनको मूल्य ९७ हजार ३०० रूपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले हिजोको तुलनामा आज प्रतितोला १० रूपैयाँले चाँदीको मूल्य घटेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कायम छ । जुन, हिजो आइतबार तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!