रामेछापमा एमालेलाई हराउँदै कांग्रेसका कान्छाराम विजयी

रामेछाप । रामेछापबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

निर्वाचन सम्पनन भएको ६ दिनपछि आज बिहान सम्पन्न मतगणना अनुसार कान्छाराम विजयी भएका हुन् । फराकिलो मतान्तर कायम राख्दै उनी विजयी भएका छन् ।

कान्छारामले १६ हजार ३ सय ६९ मतको फराकिलो मत ल्याएर जितेको हुन । तामाङले ४७ हजार ९८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार कैलाश ढुंगेलले ३० हजार ७ सय २९ मत पाएका छन् ।

त्यस्तै रामेछाप प्रदेश (क) मा माओवादीका तारानारायण श्रेष्ठ विजयी भएका छन् भन्ने प्रदेश सभा (ख) मा नेकपा माओवादीका उम्मेद्वार युवराज चौलागाईं  विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार मिलन घिसिङ्लाई पराजित गर्दै चौलागाईं निर्वाचित भएका हुन् ।

चौलागाईंले २२ हजार ९ सय ७८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी घिसिङले १८ हजार २ सय ७ मत पाएका छन् । चौलागाईं र घिसिङ बीचको मतान्तर ४ हजार ७ सय ७३ मत रहेको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!