समानुपातिकमा कांग्रेसभन्दा एमाले १ लाख बढी मतले अगाडि

रामेछाप अनलाइन रेडियो

काठमाडौं ।  मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणाम अन्तिम चरणमा छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ । उसलाई नेकपा (एमाले)ले पछ्याइरहेको छ । तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । चौँथोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ ।

प्रतिनिधसभा समानुपातिकतर्फ भने एमाले अगाडि छ । आइतबार बिहान ६ बजेको मत परिणामअनुसार दोस्रो स्थानको कांग्रेसभन्दा एमाले एक लाख तीनहजार ८१४ मतले अगाडि छ । एमालले २२ लाख ७३ हजार ७६५ मत पाएको छ । कांग्रेसले २१ लाख ६९ हजार ९५१ मत ल्याएको छ ।

तेस्रोमा रहेको माओवादी केन्द्रको ९ लाख ५१ हजार ७५ मत छ । चौँथोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । उसको ९ लाख १५ हजार ७९ मत छ । पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको चार लाख ८३ हजार ५६७ मत छ । छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको दुईलाख ७३ हजार ८४५ मत छ ।

सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दुईलाख १४ हजार १५७ मत । जनमत पार्टीले दुईलाख ९ हजार ३६९ मत ल्याएको छ । नागरिक उन्मुक्ति पार्टको एक लाख ९६ हजार ६६३ मत छ । लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १५ हजार १७२ मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!