रामेछाप प्रदेश ‘क’ मा माओवादी भन्दा एमाले ६ सय ५४ मतले अघि

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछाप प्रदेश सभा (क) को २५ हजार ९ सय ३९ मत गणना हुँदा नेकपा एमालेका उम्मेद्बार शान्ति प्रसाद पौडेल १ हजार ८८ मतले अगाडि रहेका छन् ।

पौडेलले हाल सम्म १० हजार ४ सय १३ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार तारानारायण श्रेष्ठ ९ हजार ७ सय ५९ मत पाएका छन् । त्यस्तै राप्रपका हिक्मत सुनुवारले २ हजार ६ सय ८ मत पाएका छन् भने एकीकृत समाजवादीका उम्मेद्वार रमेश कुमार बस्नेतले ६ सय ८१ मत पाएका छन् ।

सोमबार बेलुका देखि सुरु भएको मतगणना अहिले पनि जारी रहेको छ । उमाकुण्ड गाउँपालिकाको ७ ओटा वडा, गोकुलगंगा गाउँपालिकाको ६ ओटा वडा  र लिखु तामाकोसी गाउँपालिकाको ७ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ । रामेछाप नगरपालिकाको मतगणना जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!