नेकपा एकीकृत समाजवादी पार्टी रामेछाप प्रदेश( क ) का उम्मेदवार बस्नेतद्धारा पार्टीबाट राजीनामाको घोषणा

रामेछाप अनलाइन रेडियो

रामेछाप । नेकपा एकीकृत समाजवादी पार्टी रामेछाप प्रदेश( क ) का उम्मेदवार रमेश कुमार वस्नेतले ४६६ मत प्राप्त गरेपछि पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

एकीकृत समाजवादी रामेछापका पार्टी अध्यक्ष समेत रहेका वस्नेतले आफ्नो पार्टीलाई जनताले अस्वीकार गरेको भावुक पत्र लेख्दै उनले आजबाट पार्टीको साधारण सदस्य समेत नरहेको गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

अध्यक्ष बस्नेतले केही समय अघि आफ्नो फेसबुकमा स्टाटस लेख्दै वस्नेतले भनेका छन–आज मैले अख्तियार गरेको राजनैतिक दलको जनताले अविश्वास गरेको प्रस्ट भयो,मेरो नेतृत्वमा रहेको एकीकृत समाजबादी पार्टी जनताबाट पूर्ण रूपमा अस्वीकार्य भएको र हाम्रा सदस्यहरु आम् जनताबाट पुर्ण रूपमा बिस्थापित भएको र मैले नेतृत्व गरेको पार्टी असफल भएको प्रमाणित भएकोलेआजैका मितिदेखि राजीनामा दिएर नगरिक जीवन बिताउन चाहेको जानकारी गराउदछु, मैले बिगत ४५ बर्षदेखि जानी नजानी गरेका भुलहरुप्रति क्षमा चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!