रामेछाप प्रदेशसभा (क) मा पौडेलको अग्रता कायमै ,श्रेष्ठ १ हजार ९० मतले पछाडि

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा (क )को मतगणना जारी छ । प्रदेश सभा (क) को १५ हजार ५ सय ४० मत गणना हुँदा नेकपा एमालेका उम्मेद्वार शान्ति प्रसाद पौडेल १ हजार ९० मतले अगाडि रहेका छन् ।

पौडेलले हाल सम्म ६ हजार ५ सय ४ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार तारानारायण श्रेष्ठ ५ हजार ४ सय १६ मत पाएका छन् ।त्यस्तै राप्रपका हिक्मत सुनुवारले १ हजार ९ सय ८३ मत पाएका छन् भने एकीकृत समाजवादीका उम्मेद्वार रमेश कुमार बस्नेतले ३ सय ९२ मत पाएका छन् ।

सोमबार बेलुका देखि सुरु भएको मतगणना अहिले पनि जारी रहेको छ । उमाकुण्ड गाउँपालिकाको ७ ओटा वडा र गोकुलगंगा गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ को मत गणना सम्पन्न भइसकेको छ । अझै ५२ वटा वडाको मतगणना बाँकी रहेको छ । मतगणना जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!