सिन्धुली क्षेत्र नं. २ बाट माओवादीले खाता खोल्यो, लेखनाथ दाहाल निर्वाचित

सिन्धुली । नेकपा (माओवादी केन्द्र)ले सिन्धुली क्षेत्र नं. २ बाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ ।

माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।

सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए । राप्रपाका भिष्मराज श्रेष्ठ भने चौथो भए । उनले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!