रामेछापमा काङ्ग्रेसको अग्रता कायमै

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा प्रतिनिधि तथा प्रदेश सभा क को मतगणना जारी छ । नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहेका छन् ।

कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले रामेछापमा अहिलेसम्म २३ सय २३ मत गणना हुँदा १२ सय २५ मत प्राप्त गरेका छन् ।त्यसैगरी एमालेका उम्मेदवार कैलाश ढुंगेलले ६८७ मत प्राप्त गरेका छन् । यस्तै प्रदेश क अन्तर्गतको पनि मतगणना भैरहेको छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिइरहेका छन् । श्रेष्ठले ९०५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले ७५४ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!