रामेछापमा सर्वदलीय बैठक सम्पन्न ,आज राति ९:३० बजेदेखि मतगणना सुरु हुने बैठकको निर्णय

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा भर्खरै सर्वदलीय बैठक सम्पन्न भएको छ । आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना  आज राति ९:३० बजेदेखि मतगणना सुरु हुने सर्वदलीय बैठकले निर्णय गरेको छ । केही बेर अगाडि मुख्य निर्वाचन कार्यालयमा सम्पन्न सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा राजनीतिक दल, उम्मेद्वार, पार्टी प्रतिनिधि, पत्रकारहरुको सहभागीता रहेका थिय। मतगणना गर्नको लागि जिल्ला मालपोत कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाको लागि छुट्टा छुट्टै मत गणनास्थल तयार गरिएको छ । मतगणना स्थलमा तारजाली लगाइएको छ ।

१ लाख ८० हजार मतदाता रहेको जिल्लामा हिजो सम्पन्न निर्वाचनमा ८८ हजार ४ सय ९७ मत खसेको थियो ।
यो पनि पढ्नुहोस् रामेछापमा सर्वदलीय बैठक जारी ,मतगणना हुन अझै सकेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!