काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दोब्बर बढी मतको अग्रता कायम गरेका छन्।
पछिल्लो मत परिणाम अनुसार ६ हजार २ सय २५ मत गणना गर्दा अध्यक्ष ओलीले ३ हजार २ सय १२ मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ मत सहित ओलीलाई पछ्याइरहेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ६०२ मतसहित तेस्रो स्थानमा छन् भन्ने ४१४ मत बदर भएको छ ।
Discussion about this post