रामेछाप । रामेछापमा बेलुका ५ बजे पछि मत गणन सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक बस्ने र त्यस पश्चात् मत गणना सुरु गरिने छ । सोमबार बिहान सम्म सबै मतपेटिका सङ्कलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन् ।
मतगणना गर्नको लागि जिल्ला मालपोत कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाको लागि तार जाली सहितको छुट्टा छुट्टै मतगणना स्थल तयार गरिएको छ । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा रामेछापमा ८८ हजार ७५७ मत खसेको छ ।
जिल्लामा यो निर्वाचनमा एक लाख ८० हजार १०६ जना मतदाता रहेका थिए । जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ५ जना स्वतन्त्र सहित २२ जना उम्मेदवार रहेका छन् । प्रदेश १ मा ११ जना र ख मा १२ जना उम्मेदवार रहेका छन् ।
Discussion about this post