निर्वाचन अपडेट : काठमाडौं ४ र ६ मा मतगणना सुरु

काठमाडौ । काठमाडौं क्षेत्र नं ४ र ६ को मतगणना सुरु भएको छ। काठमाडौं ४ को मतगणना चपलीस्थित नागरिक आरोग्य सेवा भवनमा र क्षेत्र ६ को धर्मस्थलीमा मतगणना सुरु भएको हो।

आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा क्षेत्र ४ मा नेपाली कांग्रेसबाट गगन थापा र नेकपा एमालेबाट राजन भट्टराई प्रतिस्पर्धामा छन्।

यस्तै, क्षेत्र ६ मा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!