ललितपुरको तीन वटै क्षेत्रमा एमालेको अग्रता

रामेछाप अनलाइन रेडियो

काठमाडौ । ललितपुरको तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।

ललितपुर–१ मा नवराज सिलवालले अग्रता लिएका छन् । सिलवालले ६६७ मत पाउँदा नेपाली कांग्रेसका उदयशमशेर जबराले ४०१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले ९३ मत पाएका छन् ।

ललितपुर–२ मा एमालेकै प्रेमबहादुर महर्जनको अग्रता छ । महर्जनले १,३१७ मत पाएका छन् । उनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यले १०९७ मत पाएका छन् । राप्रपाका बुद्धरत्न महर्जनले ७९० मत पाएका छन् ।

ललितपुर–३ मा पनि एमालेकै अग्रता छ । एमालेका अमृत खड्काले अग्रता लिइरहेका छन् । उनले ७५७ मत ल्याएका छन् । स्वतन्त्र राष्ट्रिय पार्टीका उम्मेदवार तोसिमा कार्कीले पछ्याइरहेकी छन् । खड्काले २८६ मत पाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार पम्फा भुसालले १०९ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!