मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकका युवकको मृत्यु

रामेछाप अनलाइन रेडियो

काठमाडौ । मोटरसाइकल दुर्घटनामा परी  सिन्धुपाल्चोकका एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा हेलम्बु गाउँपालिकाका २५ वर्षिय छिरिङ शेर्पाको मृत्यु भएको हो । काठमाडौंको चाबहिलमा बा १ ग २०८९ नम्बरको ट्रकले बा ३९ प ११५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शेर्पा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते शेर्पाको त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!