रामेछापमा ८८ हजार ७५७ मत खस्याे, कुन स्थानीय तहमा कति ?

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछाप जिल्लामा आज सम्पन्न निर्वाचनमा ४९.३८ प्रतिशत मत खसेको छ । जिल्लाको ८ वटा स्थानीयमा रहेका २२८ वटा मतदान केन्द्र मार्फत आज सम्पन्न निर्वाचनमा ८८ हजार ७ सय ५७ मत खसेको छ ।

निर्वाचन कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लामा कुल मतदाता १ लाख ८० हजार १०६ जना मतदाता रहेका थिए ।

हेर्नुहोस, कुन–कुन पालिकामा कति मत खस्यो ?
मन्थली नगरपालिकामा १८ हजार ९३६
रामेछाप नगरपालिकामा ११ हजार ९७५
लिखुतामाकोसी गाउँपालिकामा ९ हजार ४०४
गोकुलगंगा गाउँपालिकामा ९ हजार ७०
उमाकुण्ड गाउँपालिकामा ७ हजार ५७१
खाँडादेवी गाउँपालिकामा ११ हजार ६४०
सुनापति गाउँपालिकामा ९ हजार ८०२
दोरम्बा सैलुङ गाउँपालिकामा १० हजार ३५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!